आईतबार बढ्यो सुनको मूल्य, चाँदीको स्थिर, कारोबार कतिमा ?

-



     सफल आवाज    
     फागुन २३ गते २०७७ मा प्रकाशित



काठमाडौं, २३ फागुन । साताको पहिलो दिन आईतबार आज सुनको मूल्यमा बृद्धि भएको छ । चाँदीको मूल्य भने आज स्थिर रहेको छ ।

आज छापावाला सुन प्रतितोला रुपैयाँ ५०० ले बृद्धि भएको छ । चाँदी शुक्रबारको झैं प्रतितोला १ हजार २५० नै कायम भएको छ अर्थात चाँदी आज स्थिर रहेको छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुन ५०० रुपैयाँले बढेर ८६ हजार १०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ८५ हजार ६५० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ८५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्यमा भने आज कुनै फेरबदल भएको छैन । चाँदी आज शुक्रबारको झैं स्थिर रहि १ हजार २५० रुपैयाँमा कारोबार भएको सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।