पुनःस्थापित प्रतिनिधिसभा बैठक सुरु

-



     सफल आवाज    
     फागुन २३ गते २०७७ मा प्रकाशित



काठमाडौं, २३ फागुन । पुनस्र्थापित प्रतिनिधिसभाको बैठक आइतबार सुरु भएको छ । गत पुस ५ मा भंग भएको संसद सर्वोच्च अदालतले पुनस्र्थापना गर्ने फैसला गरेपछि बैठक संचालन भएको हो।

संसद भवन नयाँ बानेश्वरमा सुरु भएको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुने भएका छन् । बैठकमा सहभागी हुन ४ बजे पुगेका उनी सभामुखले समयमै सुरु नगरेपछि हिडेका हुन् ।

उनीनिकट सांसद सुवास नेम्वाङले पटक पटक खबर गर्दा पनि सभामुखले बैठक सुरू नगरेपछि प्रधानमन्त्री बाहिरिएको बताइएको छ ।

अध्यादेश नल्याउन प्रचण्ड नेपाल पक्षका नेता भीम रावलले संसदमा बोल्दै माग गरेका छन्।