
नेपालका वाणिज्य बैंकहरु मध्ये अग्रणी राष्ट्रिय वाणिज्य वैंक लिमिटेड अहिले नियमित वैंकिङ्ग सेवाका अलावा डिजिटल वैकिङ्ग सेवामा पनि अगाडी आउदैंछ । समयको माग सँगै बैंकले आफ्ना ग्राहकहरुलाई आधुनिक वैकिङ्ग सेवाको साथमा उत्कृष्ट डिजिटल वैकिङ्ग सेवा प्रदान गरिरहेको छ । वैंकले हाल प्रदान गरिरहेको सेवा सुविधा र भावी योजनाबारे राष्ट्रिय वाणिज्य बैंकका डिजिटल बैंकिङ्ग विभाग प्रमुख ऋषि राम ढकालसँग सफल आवाजले गरेको कुराकानीको सार :
डिजिटल बैंकिङ भनेको के हो ?
प्रबिधिको पहुच सँगै हालको बैंकिङ बजारमा बिभिन्न किसिमका उतार चढावहरु आईरहेका छन । पहिले ग्राहकहरु बिभिन्न सेवाका लागी बैंक धाउनु पथ्र्यो भने अहिले घरमै बसेर अधिकांश वित्तीय सेवाहरु प्राप्त गर्न सक्ने भएका छन । तसर्थ डिजिटल बैंकिङ भन्नाले हात हातमा बैंक वा मोवाईल बैंकिङ भन्ने बुझिन्छ ।
अहिले अधिकांस बजार क्षेत्र र केही ग्रामिण क्षेत्रका जनतामा ईन्टरनेटको पहुच पुगिसकेको छ भने हात हातमा स्मार्ट फोन पनि छ । नेट र फोनको मद्धतले बैंकका सेवा सुबिधाहरु सहजै रुपमा प्राप्त गर्न सकिन्छ । यति मात्र हैन ईन्टरनेट नै नभएको ठाँउमा समेत मोवाईल एसएमएसको माध्यमबाट मोवाईल बैकिङ सुबिधाहरु पनि प्राप्त गर्न सक्ने प्रबिधिको बिकास भैसकेको छ ।
राष्ट्रिय बाणिज्य बैंकमा डिजिटल प्रबिधिको प्रयोग कसरी भईरहेको छ ?
अहिले वित्तीय बजारमा बिभिन्न किसिमका डिजिटल प्रोडक्टहरु आईरहेका छन । मोवाईल बैंकिङ र इन्टरनेट बैंकिङ नै अहिलेको प्रबिधियुक्त बैंकिङ हो । राष्ट्रिय बाणिज्य बैंकले मोवाईल बैंकिङ र ईन्टरनेट बैंकिङका साथै पिओएस मेशिन र क्युआर कोड पनि बजारमा ल्याईरहेको छ । मर्चेन्टले यो सेवा प्रयोग गरे वापत कारोवारका आधारमा केहि कमिशन तिर्नुपर्ने हुन्छ ।
बैंकले ग्राहकलाई अन्य बैंक तथा वित्तीय संस्थाहरुले भन्दा सस्तो दरमा यस्तो सुबिधा दिईरहेको छ । हाल बजारमा क्युआर कोड निशुल्क भए पनि केहि समय पश्चात मर्चेन्टले यसमा केहि कमिशन तिर्नुपर्ने हुन्छ । यस्तो कमिशन दर राष्ट्रिय बाणिज्य बैंकको अन्य बैंक तथा वित्तीय संस्था भन्दा तुलनात्मक रुपमा निकै सस्तो छ । अहिले बजारमा आक्रामक रुपमा पिओएस मेशिन र क्युआर कोड बितरण भैरहेको छ ।
कनेक्ट आइपिएस, अनलाइन खाता तथा अन्य विभिन्न प्रबिधिहरुको प्रयोग भईरहेको छ । ग्राहकले बजारमा कार्ड तथा मोवाईल बैंकिङबाट किनमेल कारोवार गर्दा कुनै शुल्क लाग्दैन । तर कतिपय रकमान्तर गर्ने कारोवारहरुमा भने ग्राहकले केहि शुल्क तिर्नुपर्ने हुन्छ ।

अहिले बैंकका कुन- कुन प्रोडक्टहरु बजारमा गईरहेका छन ?
बैकले हाल बजारमा पिओएस मेशिन र क्युआर कोड बितरण गरिरहेको छ । एटिएम मेशिनहरु नभएका दुर्गम ठाउहरु तथा बढि कारोवार हुने बजार क्षेत्रहरुमा एटिएमको काम गर्ने गरी ब्रान्च पिओएस पनि चलाईएको छ । कनेक्ट आइपिएस, अनलाइन खाता खोल्ने तथा अन्य बिभिन्न प्रबिधिहरुको प्रयोग भईरहेको छ । हालको बैंकिङ, मोवाईल बैंकिङ र ईन्टरनेट बैंकिङ भएकोले मोवाईलमा नयाँ नयाँ बिशेषताहरु थप हुदै गएका छन ।
अव ग्राहकले आफ्नै मोवाईलबाट सरकारी कर तथा राजश्व र ट्राफिकको जरिवाना समेत तिर्न सक्नेछन । बिभिन्न किसिमका डिजिटल वालेटहरुमा रकमान्तर गर्न र वालेटबाट बैंक खातामा रकमान्तर समेत गर्न सक्नेछन । अव यस बैंकका ग्राहकहरु लामो समय सम्म बैंकमा लाईन बस्ने झन्झटबाट मुक्त भैसकेका छन । बैंकका ग्राहकहरुले आरबिबि स्मार्टबाट घरमै बसेर बिजुली, पानी, ईन्सुरेन्स प्रिमियम, स्कुल कलेजको फि तिर्ने, टेलिफोन बिल, रिचार्जहरु गर्ने, केवल तथा टिभिका बिलहरु भुक्तानी गर्ने, हवाई टिकट खरिद गर्ने, र अन्य बैंक तथा वित्तीय संस्थाहरुमा समेत रकमान्तर गर्न सक्छन ।
साथै घरमै बसेर आनन्दले सपिङ गर्न सक्ने लगायत अन्य थुप्रै सुबिधाहरु उपभोग गर्न सक्नेछन । यसैगरी बैंकले कार्डलेस भुक्तानी गर्ने सेवा उपलब्ध गराउन टेष्ट गरिरहेको छ । यसको सफलता पश्चात ग्राहकलाई छिट्टै नै यसको सुबिधा पनि दिनेछौ । यसै गरी बैंकले थप १०० वटा नयाँ एटिएम मेशिनहरु पनि शाखाहरुमा पठाएको छ । जसबाट ग्राहकले सहजै रुपमा कार्ड प्रयोग गरी नगद प्राप्त गर्नेछन ।
ग्राहकको सन्तुष्टिका लागि थप के गर्नुपर्ला ?
हाल ग्राहकलाई दिने सेवा सुबिधा ग्राहकमैत्री रहेकाले सो को सहज रुपमा वितरण, उपलब्धता र ग्राहकमैत्री ब्यबहार नै ग्राहकको सन्तुष्टिको आधार हो । हरपल ग्राहकमुखी सेवामा समर्पित रहनु नै ग्राहक सन्तुष्टिकोे आधार हो । अबको बैंकिङ डिजिटल मैत्रि हुदै गईरहेकोले हाम्रा ग्राहकहरुलाई सेवाको वारेमा जानकारी गराउदै उक्त सेवाहरुको प्रयोग गर्नका लागि आग्रह र सहज गराउने दायित्व बैंकका सम्पूर्ण कर्मचारीहरुको रहेको छ ।
यदि ग्राहकलाई सबै सेवा सुबिधा दिईएन भने ग्राहक पलायन हुने सम्भावना रहेकोले वित्तीय साक्षरताका साथै ग्राहक संरक्षण गर्दै अघि बढ्नु पर्दछ । यसका लागि शाखा देखि प्रादेशिक कार्यालय र केन्द्रीय कार्यालयहरुको समन्वयकारी भूमिका महत्वपूर्ण रहन्छ ।
डिजिटल बैंकिङमा जोखिम पनि छ, ग्राहकले कसरी सुरक्षित भएर कारोवार गर्ने ?
प्रबिधिको बिकास संगै जोखिम पनि बढेको छ । यदि आफुले प्रयोग गर्ने सेवाहरुमा सुरक्षित कारोवार गर्ने हो भने ग्राहकले डराउनु पर्देन । तर कहिलेकाँही कसैले ललाई फकाई यूजर तथा पासवर्ड र ओटिपि कोडहरु अरुलाई दिँदा भने सुरक्षित नरहने सम्भावना रहन्छ । तसर्थ हरेक बैंकका ग्राहकहरुले मोवाईल बैंकिङ, ईन्टरनेट बैंकिङका पासवर्डहरु कसैलाई पनि सेयर गर्नु भएन । कहि कतै लोभमा परेर यस्ता कोडहरु अरुलाई दिनाले यसबाट फ्रड कारोवार हुने सम्भावना रहन्छ । तसर्थ यस्ता पासर्वडहरु गोप्य राख्न अनुरोध गर्दछौ ।

बैंकमा कारोवार गर्दा ग्राहकवर्गले के के कुरामा ध्यान दिनुपर्छ ?
अहिले बजारमा अति प्रतिष्पर्धा रहेकोले बैंक तथा वित्तीय संस्थाका सेवाहरु लिंदा दिर्घकालसम्म फाईदा हुने भरपर्दाे र सस्तो दरमा सेवा प्राप्त गर्ने कुरामा ग्राहक सचेत रहनुपर्दछ । पहिला बजारका सेवाहरु लिईहाल्ने र पछि त्यसको चर्को सेवा शुल्कको मारमा पर्नु भन्दा अगावै सोचेर सेवा लिन बेस हुन्छ ।
अन्य बैंक तथा वित्तीय संस्थाहरुका शेवा शुल्क भन्दा राष्ट्रिय बाणिज्य बैंकका हरेक सेवा तथा शुल्कहरु न्यून रहेकाले ग्राहकले ढुक्कसँग मोवाईल बैंकिङ, ईन्टरनेट बैंकिङ, पिओएस मेशिन, क्युआर कोड, कनेक्ट आइपिएस, आइपिएस अनलाइन खाता खोल्ने जस्ता सेवाहरु लिन सक्नुहुनेछ । यसका लागि नजिकको शाखा कार्यालयमा आजै सम्पर्क राख्नुहोस ।
ग्राहक वर्गलाई थप केही भन्न चाहनुहुन्छ ?
राष्ट्रिय बाणिज्य बैंकसँग कारोवार गरिरहनु भएका वा कारोवार गर्न चाहने सम्पूर्ण व्यवसायिक ग्राहक महानुभावहरुलाई सुरक्षित रुपमा अहिलेको डिजिटल प्रबिधिको प्रयोग गरी आ−आफ्नो व्यवसायको कारोवार बढाउनुहुन अनुरोध गर्दछौ ।
जसले गर्दा ग्राहकको समय र श्रमको बचत तथा नगद सोझै आफ्नो खातामा जम्मा हुने भएकोले पनि सस्तो र सर्वसुलभ रुपमा रहेको मोवाईल बैंकिङ, ईन्टरनेट बैंकिङ सेवाका साथै पिओएस मेशिन र क्युआर कोड लिई वित्तीय कारोवार गर्नुहुन अनुरोध गरेका हाैं । हरेक खातावाला ग्राहकले सर्वसुलभ रुपमा मोवाईल बैंकिङ तथा ईन्टरनेट बैंकिङ सुबिधा लिई घरमै बसेर बिना झन्झट बिभिन्न कारोवार गर्न सक्नुहुनेछ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



