नबिल इन्भेष्टमेन्टले ल्यायो नारी दिवसको अवसरमा वार्षिक छुटको योजना

-



     सफल आवाज    
     फागुन २४ गते २०७७ मा प्रकाशित



काठमाडौं, २४ फागुन । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले नेपाली महिला दिदि बहिनीहरुलाई शेयर बजारमा आकर्षण गराउन लगानी व्यवस्थापन सेवा लिएवापत लाग्ने शुल्क पहिलो वर्षको लागि छुट गरेको बताएको छ ।

कम्पनीले शेयर बजारमा लगानी गर्न चाहने र प्रवेशको चाहना राखेका महिला लगानीकर्तालाई २०७७ सालको नारी दिवसको अवसरमा महिलालाई लक्षित गरेर लगानी व्यवस्थापनको सबै सेवा लिएवापतको सेवा शुल्क पहिलो वर्षका लागि छुट गरेको घोषणा गरेको हो । कम्पनीका अनुसार यो याेजना यही मार्च महिनाभरि कायम रहने भएको छ ।

विशेषगरी कम्पनीले विभिन्न पेशा व्यवसाय गरेर बसेका तर शेयर बजारका बारेमा जानकार नभएका, यससम्बन्धी अध्ययनको कमिले शेयर बजारमा आउन नसकेका महिला लगानीकर्ताका लागि उक्त सेवा दिने उदेश्यले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएको जनाएको छ ।