सोमबार सुनचाँदीको मूल्यमा सामान्य बृद्धि, कारोबार कतिमा ?

-



     सफल आवाज    
     फागुन २४ गते २०७७ मा प्रकाशित



काठमाडौं, २४ फागुन । साताको दोश्रो दिन सोमबार आज सुनचाँदीको मूल्यमा सामान्य बृद्धि भएको छ । छापावाला सुनमा प्रतितोला १०० रुपैयाँ तथा चाँदीमा प्रतितोला १५ रुपैयाँले बृद्धि भएको हो ।

आईतबार प्रतितोला ८६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य सोमबार १०० रुपैयाँले बृद्धि भएर ८६ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८५ हजार ७५० रुपैयाँ कायम भएको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ८५ हजार ६५० रुपैयाँ कायम भएको थियो ।

महासंघका अनुसार सोमबार चाँदीको मूल्यमा १५ रुपैयाँले बृद्धि भएर १ हजार २६५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।