आज फेरि घट्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

-



     सफल आवाज    
     फागुन २५ गते २०७७ मा प्रकाशित



काठमाडौं, २५ फागुन । साताको तेश्रो दिन मंगलबार आज फेरी सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज छापावाला सुनमा रुपैयाँ ६०० ले गिरावट भएको हो भने चाँदीमा रुपैयाँ १० ले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ६०० रुपैयाँले घटेर ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाला सुन प्रतितोला ८६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ८५ हजार १५० कायम भई साेहि मूल्यमा काराेबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।