रिभल फल्स पावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

-


     सफल आवाज    
     फागुन २५ गते २०७७ मा प्रकाशित


काठमाडौं, २५ फागुन । रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको ३४,३०,००० कित्ता शेयरको सार्वजनिक निष्काशन गर्न प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

फाल्गुण २५ गते मंगलबार नियुक्ति सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतामा रिभर फल्स पावर लिमिटेडका तर्फबाट सञ्चालक मित्रलाल श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीले हस्ताक्षर गरेका छन ।

रिभल फल्स पावर लिमिटेडले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०.३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको बताइएको छ ।