राष्ट्र बैंककाे डेपुटी गभर्नरमा नीलम ढुंगाना र बम बहादुर मिश्र नियुक्त

-



     सफल आवाज    
     फागुन २५ गते २०७७ मा प्रकाशित



काठमाडौं, २५ फागुन । नेपाल राष्ट्र बैंककाे डेपुटी गभर्नरमा नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र नियुक्त भएका छन् । मन्त्री परिषदकाे मंगलबार बसेको बैठकले ढुंगाना र मिश्रलाई डेपुटी गभर्नरमा नियुक्त गरेको बताइएकाे छ ।

डेपुटी गभर्नर बनेका मिश्र नेपाल राष्ट्र बैंक विदेशी विनियम विभागका कार्यकारी निर्देशक थिए । ढुंगाना हाल केन्द्रीय बैककाे सार्वजनिक ऋण व्यवस्थापन विभागकाे प्रमुख थिइन् ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार राष्ट्र बैंकमा कार्यरत कार्यकारी निर्देशकहरुमध्येबाट २ जनालाई गभर्नरको सिफारिसमा मन्त्रिपरिषदले डेपुटी गभर्नरमा नियुक्त गर्नुपर्ने प्राबधान छ । साेही बमाेजिम ढुंगाना र मिश्रलाई डेपुटी गभर्नरमा नियुक्त गरिएकाे जनाइएकाे छ ।