पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

-



     सफल आवाज    
     फागुन २६ गते २०७७ मा प्रकाशित


dividend


काठमाडौं, २६ फागुन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएका ५ वटा कम्पनीहरुको आज लाभांश सुरक्षित गर्नका लागि अन्तिम दिन हो । लाभांश प्राप्त गर्नको लागि सबैको लघुवित्त, नेपाल टेलिकम, स्वालम्बन लघुवित्त, सिर्जना फाइनान्स तथा महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाका शेयरधनीहरुले आजसम्म नेप्सेमा कारोबार भएर कायम भएको हुनुपर्नेछ ।

सबैको लघुवित्त, नेपाल टेलिकम, स्वालम्बन लघुवित्तको फागुन २८ मा बुक क्लोज हुँदैछ । सिर्जना फाइनान्स तथा महिला लघुवित्त वित्तीय संस्थाको चैत्रको १ गते बुक क्लोज हुँदैछ । फागुनको २७ गते मशाशिव रात्री परेको छ । फागुन २८ गते शुक्रबार र २९ गते शनिबार परेकाले बजार बन्द हुन्छ । त्यसकारणले ५ कम्पनीका शेयरधनीले लाभांश प्राप्तिका लागि आजसम्म नेप्सेमा शेयर कारोबार गरी कायम भएको हुनुपर्नेछ ।

सबैको लघुवित्तले चैत्र १४ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ । सभामा ११.०५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिने भएको छ ।

नेपाल टेलिकमले चैत्रको १३ गते १३ औं साधारण सभा बोलाएको छ । सभाले ४० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले चैत्रको ११ गते १९ औं साधारण सभा गर्ने भएको छ । सभाबाट २० प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिने भएको छ ।

सिर्जना फाइनान्सको चैत्र १४ बोलाईएको २० औं साधारण सभाले १४.०७ प्रतिशत लाभांश वितरणको प्रस्तावलाई पारित गर्ने भएको छ ।

महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको १८ औं वार्षिक साधारण सभा चैत्र १८ गते बोलाईएको छ । सभाबाट १०.५३ प्रतिशत लाभांश वितरणको प्रस्तावलाई पारित गरिने भएको छ ।