बुधबार बढ्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

-



     सफल आवाज    
     फागुन २६ गते २०७७ मा प्रकाशित



काठमाडौं, २६ फागुन । मंगलबार ६०० रुपैयाँले घटेको सुनको मूल्य आज बुधबार ६०० रुपैयाँले नै बृद्धि भएको छ । चाँदीमा १५ रूपैयाँले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८६ हजार २०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाला सुन प्रतितोला ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुनको मूल्य ८५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्यमा १५ रुपैयाँले वृद्धि भएको छ । आज चाँदी प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।