नेप्से ३.४० अंकले घट्यो, कारोबारमा नेपाल टेलिकम अगाडी

-



     सफल आवाज    
     फागुन २६ गते २०७७ मा प्रकाशित



काठमाडौं, २६ फागुन । शेयर बजार ओरालो लाग्ने क्रम रोकिएको छैन । आज पनि शेयर बजार ओरालोतिर नै लागेको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक तथा कारोबार दुबै घटेको छ । नेप्से परिसूचक आज ३.४० अंकले घटेर २४५८.४८ विन्दुमा रोकिएको छ । नेप्से ०.१४ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स भने ०.०२ अंकले बढेर ४४५.२३ विन्दुमा पुगेकको छ ।

आज जम्मा २०५ कम्पनीको ७८ लाख १६ हजार ८७४ कित्ता शेयर खरिदबिक्री भएको छ । यसबाट ४ अर्ब १ करोड ४० लाख ६ हजार ३३७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज १३ वटा उपसमूहमध्ये ७ वटामा हरियाली छाएको छ भने बाँकी रहेका ६ वटामा रातो लागेको छ अर्थात उनीहरुको शेयर घटेको छ । आज नेपाल टेलिकमको सबैभन्दा बढी कारोबार भएको छ । टेलिकमको ५५ करोड ७० लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।