
पोखरा, २७ फागुन । काठमाडौंमा स्थापनाको ११ औं वर्षको लोकप्रियतासंगै पोखरामा बुधबारदेखि ‘डल्ले मोःमो’ को पहिलो शाखा संचालनमा ल्याईएको छ । साढे १ करोडको लागतमा पोखरा मानवअधिकार चोक अगाडी खोलिएको ‘डल्ले मोःमो’ को शुभारम्भ मीस नेपाल २०१९ अनुष्का श्रेष्ठले गरेकी हुन ।
कर्यक्रममा श्रेष्ठले काठमाडौंमा लाेकप्रियता कमाएको ‘डल्ले मोःमो’ को पोखरा आउटलेटको शुभारम्भ गर्न पाउँदा निकै खुसि लागेको बताईन । उनले भनिन्, युवाहरुले आफ्नो सिप, दक्षता र लगानी आफ्नै देशमा, आफ्नै ठाउँमा गरे ब्यावसायीक सफलता प्राप्त हुनेमा विश्वस्त रहेको बताईन । उनले आगामी दिनमा उद्यमशिलता तथा ब्यावसायीक क्षेत्रमा मिलेर काम गर्ने इच्छा व्यक्त गरेकी छन् ।
‘डल्ले मोःमो’ को पोखरा शाखा स्थापनाको पहिलो तथा काठमाडौंमा रहेका ८ र वुटवलका २ सहित समग्रमा ११ औं शाखा हो । ‘डल्ले मोःमो’को पोखरामा पहिलो आउटलेट संचालनमा ल्याउने पर्यटन व्यवसायी सुनिल भट्टराई र सजेन्द्रसिंह हमाल हुन । त्यस अवसरमा संचालक सुनिल भट्टराईले भने, हामीले गुणस्तरमा ध्यान दिएका छौं ।
अर्का संचालक सजेन्द्रसिंह हमालले पोखरामा स्थापना गरिएको पेनगुईन क्याफेमा ‘डल्ले मोःमो’ काे लोकप्रियता चुलिने कुरामा आफुहरु ढुक्क भएको बताए ।
क्याफेमा एकैपटक १०० जनालाई सेवा दिन सकिने भएको छ । जन्मदिनको पार्टी, एनिभर्सरी पार्टी गर्नका लागि उपयुक्त गरेको संचालक भट्टराईले बताए । उनले होम डेलभरीको ब्यवस्था रहेकोले रुपैयाँ ७ सय माथिको अर्डर भएको खण्डमा पोखरा बजारमा फ्रि होमडेलिभरी गरिने उनले बताए ।
‘डल्ले मोःमो’ स्वादिष्ट र हाइजेनिक त छदैंछ, यसकाे साथमा डल्ले खुर्सानीको अचार विषेश विशेषता रहेको छ । क्याफेमा अन्य परिकारहरु, चाउमिन, आलुका परिकार, फ्राईस राईस लगायतका रहेका छन् । संचालकहरूले पाेखरामा भविष्यमा अन्य दुइर्वटा ‘डल्ले मोःमो’ का आउटलेट संचालनमा ल्याउने साेंच बनाएका छन् ।








पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



