गणपति लघुवित्तको १५.७९ प्रतिशत लाभांश आज पारित हुँदै

-



     सफल आवाज    
     फागुन २८ गते २०७७ मा प्रकाशित



काठमाडौं, २८ फागुन । गणपति लघुवित्त वित्तीय संस्थाको आज बाेलाइएकाे चाैथाे साधारण सभामा आज १५.७९ प्रतिशत लाभांश पारित हुने भएकाे छ ।

सभाबाट संस्थाका शेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर तथा ०.७९ प्रतिशत नगदसहित १५.७९ प्रतिशत लाभांश वितरणको प्रस्तावलाई पारित गरिने भएको हाे ।

साधारणा सभामा आर्थिक वर्ष २०७६/२०७७ को वार्षिक प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, वासलात, नाफा घाटाको हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/२०७८ का लागि लेखापरिक्षक नियुक्त गर्ने तथा पारिश्रमिक तोक्ने लगायतका विषयहरुमा छलफल गरी पारित गरिने भएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन १४ गतेदेखि फागनु २८ गते आाजसम्म बुकक्लोज गरिएको थियो । संस्थाका शेयरधनीहरु जस्ले फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका छन् उनीहरुले मात्रै साधारण सभामा भाग लिन पाउने र लाभांश प्राप्तिका लागि योग्य हुनेछन् ।

संस्थाको चौँथो वार्षिक साधारण सभा ह्वाइट हाउस पार्टी प्यालेस, दुलेगौँडा तनहुँमा आज पूर्वान्ह ११ बजे बोलाईएको छ ।