
काठमाडौं, २८ फागुन । अग्रज पत्रकार सुशील शर्माको ६३ वर्षका उमेरमा चावहिलस्थित ओम अस्पतालमा निधन भएको छ । उनले एक वर्षअघि फिस्टुलाको शल्यक्रिया गराएका थिए ।
रोग पूर्णरुपमा निको नभई समस्या भोगिरहेका उनको आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ । तीनदिनदेखि उनी सोही अस्पतालमा उपचाररत् थिए । राइजिङ नेपाल, काठमाडौं पोष्ट, स्पोटलाइट र बीबीसी नेपाली सेवामा लामो समयसम्म पत्रकारिता गरेका वरिष्ठ पत्रकार शर्माले नेपाल वातावरण पत्रकार समूहकाे कार्यसमितिमा रही केही समय योगदान पुर्याएका थिए ।
आफूमात्र होइन, पत्रकारिता क्षेत्रमा लाग्ने सबै व्यक्ति मेहनती र इमान्दार हुनुपर्छ भन्ने मान्यतामा प्रतिबद्ध रहेका उनी एक मिलनसार, देखेको कुरा भन्ने र लेखेका कुरामा अडिग स्वभाव रहेको उनका समकक्षी वरिष्ठ पत्रकार तीर्थ कोइराला स्मरण गर्छन् । स्व शर्माका श्रीमती र एक छोरा छन् ।






काठमाडौं, १० मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा “ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६” प्रतियोगिता…
गण्डकी, १० मङ्सिर । हिजोआज पर्यटकीय सहर पोखराको मौसम सफा छ । हिमाल, तालतलैया र…
पोखरा, १० मंसिर । पोखरा उद्योग वाणिज्य संघ तथा गरिमा विकास बैंक लिमिटेडको संयुक्त आयोजनामा…
बागमती, १० मङ्सिर। मकवानपुरमा पछिल्ला दुई वर्षमा चासो र चर्चामा आएको गन्तव्य हो, मकवानपुुरगढी गाउँपालिका–८… 



