प्राइम कमर्सियल बैंकको ३५ लाख इकाई ऋणपत्र बिक्री खुल्ला

-



     सफल आवाज    
     फागुन २९ गते २०७७ मा प्रकाशित



काठमाडौं, २९ फागुन । प्राइम कमर्सियल बैंकको शुक्रबारदेखि ‘८.५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ निष्काशन तथा बिक्री खुल्ला गरेको छ । बैंकले प्रतिइकाई १ हजार अंकित दरका ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

कुल ऋणपत्रकाे २ अर्ब १० करोड रुपैयाँ बराबरको २१ लाख इकाई व्यक्तिगत तवरले बिक्री गरिने भएको छ । बाँकी १ अर्ब ४० करोड रुपैयाँ बराबरको र १४ लाख इकाई सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको हाे ।

आवेदकले घटीमा २५ र बढीमा ५ लाख इकाईसम्म ऋणपत्रका लागि आवेदन दिन सक्ने भएका छन् । यसको अवधि ८ वर्षका लागि रहेको छ । बैंकले वार्षिक ८.७५ प्रतिशतले हरेक आर्थिक वर्षको पहिलो अर्धवार्षिक र दोश्रो अर्धवार्षिक सकिएपछि भुक्तानी गर्ने बताएको छ ।

सिआस्वा लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट र मेरो शेयर एप्सबाट ऋणपत्र खरिदका लागि आवेदन दिन सकिने भएको छ ।

बैंकले ऋणपत्र बिक्रीबाट जम्मा भएको रकम ८४ प्रतिशतसम्म कर्जा तथा सापटमा खर्च गर्ने बताएको छ । यस्तै बैंकले १० प्रतिशत रकम शाखा बिस्तार तथा ५ प्रतिशत रकम अन्य कामको लागि खर्च गर्ने बताएको छ ।

ऋणपत्रको बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ रहेको छ ।