
काठमाडौं, १ चैत्र । शेयर बजारमा ऋणात्मक दबाब कायम रहेको छ । दोश्रो बजारमा शेयर मागमा चापको कमी भएपछि नेप्से सूचकमा दबाब देखिन थालेको हो । यसको कारण शेयर खरिदकर्ताले खरिदमा ल्याएको कमिले नै हो ।
साताको पहिलो दिन आज आईतबार नेप्से दोहोरो अंकले घटेको छ । कारोबारमा पनि गिरावट भएको छ । आज नेप्से परिसूचक ५२.२३ अंकले घटेर २४०७.२५ विन्दुमा पुगेको छ । नेप्से आज २.०८ प्रतिशतले घटेको हो । सेन्सेटिभ इन्डेक्स पनि १०.१० अंकले घटेर ४३५.१३ विन्दुमा अडिएको छ ।
आज जम्मा २११ कम्पनीहरुको शेयर कारोबार भएको छ । आज ९९ लाख ३ हजार ७०४ कित्ता शेयर खरिदबिक्री भएकोमा ४ अर्ब ९५ करोड २७ लाख २२ हजार १९५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज होटल र पर्यटन तथा हाइड्रोपावर उपसमूहमा मात्रै हरियो लागेको छ । यी दुई उपसमूहबाहेक अन्य बाँकी ११ वटै उपसमूह राताम्मै भएका छन् । अर्थात सबैको शेयर घटेको छ ।








पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



