
काठमाडौं, २ चैत्र । केहि दिनदेखि निरन्तर ओरालो लागिरहेको शेयर बजार साताको दोश्रो दिन सोमबार पनि ओरालो लागेको छ ।
नेप्सेमा आज दोहोरो अंकले गिरावट भएको हाे । नेप्से १८.०७ अंकले घटेर २३८९.१९ विन्दुमा पुुगेको छ । नेप्से आज ०.७५ प्रतिशतले घटेको हो । आज कारोबारमा पनि कमी देखिएको छ । यस्तै सेन्सेटिभ इण्डेक्स पनि घटेको छ । इण्डेक्स ५.०७ अंकले घटेर ४३०.०५ विन्दुमा गएर रोकिएको छ ।
आज जम्मा २१२ कम्पनीको शेयर कारोबार भएको छ । ९६ लाख ४ हजार ५२९ कित्ता शेयरको कारोबार हुँदा ४ अर्ब २४ करोड ८४ लाख २४ हजार ६६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ५ वटा उपसमूहमा हरियाली छाउँदा बाँकी ८ उपसमूहमा रातो लागेको छ । आज होटल तथा पर्यटन, हाइड्रोपावर, उत्पादन, म्युचुअल फण्ड र लगानी उपसमूहहरुको शेयर बढेको हो । यस्तै बैंकिङ, व्यापार, विकास बैंक, फाइनान्स, नीर्जिवन बीमा, अन्य, माइक्रोफाइनान्स र जीवनबीमा उपसमूहको शेयर घटेको हो ।
आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्रा को सबैभन्दा बढी कारोबार भएको छ । बैंकको ४६ करोड ६२ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।








पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



