नेप्सेद्वारा राष्ट्रिय बीमा कम्पनीको शेयर कारोबार फुकुवा

-



     सफल आवाज    
     चैत्र २ गते २०७७ मा प्रकाशित


bima company


काठमाडौं, २ चैत्र । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज राष्ट्रिय बीमा कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । कम्पनीले वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु नबुझाएको भन्दै माघ १८ गतेबाट शेयर कारोबारमा रोक लगाइएको थियो ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ को व्यवस्था अनुसार कम्पनीका कुनै पनि वार्षिक प्रतिवेदन र वित्तीय विवरण नपठाएको भन्दै नेप्सेले फागुन १२ मा तीन दिनभित्र वित्तीय विवरणसहितका कागजपत्र पेश गन निर्देशन दिएको थियो । सो अनुसार कागजात र वित्तीय विवरण पेश नभएपछि फागुन १८ गते के कति कारणले माग गरे बमोजिमको वित्तीय विवरण नपठाएको हो भनि ? स्पष्टिकरण सोधिएको थियो ।

कम्पनीले नेप्सेबाट माग गरे बमोजिमकाे वित्तीय विवरण तथा कागजात पठाउने प्रतिवद्धता जनाउँदै रोक्का गरिराखेको धितोपत्रको दोश्रो बजार कारोबार पूर्ववत अवस्थामा संचालन गरिदिन अनुरोध गर्याे । साे अनुराेधपिछ आजदेखि कम्पनीको धितोपत्रको दोश्रो बजार कारोबार फुकुवा गरिएको नेपाल स्टक एक्सचेन्ज, सूचीकरण शाखाका कायम मुकायम सहायक प्रबन्धक सुबोध ढुंगेलले जनाएका छन् ।