
काठमाडौं, ३ चैत । महिला लघुवित्त वित्तीय संस्थाको आइपीओ नेपाल स्टक एम्चेन्ज नेप्सेमा सूचीकृत भएको छ ।
संस्थाको १० लाख कित्ता क्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । यसका लागि संस्थाले नेप्सेबाट शुरुको कारोबारको लागि प्रतिशेयर मूल्य घटीमा ३१३ रुपैयाँ १६ पैसा र बढीमा ९३९ रुपैयाँ ४८ पैसा ओपनिङ रेञ्ज पाएको छ ।
महिला लघुवित्तले गएको माघ ३० बाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले ४ लाख कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । कम्पनीका संस्थापकहरुले लगानी गरेको ६ लाख कित्ता शेयरसमेत गरी जम्मा १० लाख कित्ता साधारण शेयर विवरण धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम चैत्र १ गतेको निर्णय अनुसार सूचीकरण गरिएको हो ।
महिला लघुवित्त तथा नेपाल स्टक एक्सचेन्जबीच सोमबार धितोपत्र सूचीकरण सम्बन्धी सम्झौता भएपछि संस्थाको आजबाट धितोपत्रको दोश्रो बजारको कारोबार शुरु हुँदैछ । संस्थाको प्रधान कार्यालय काभ्रेको बनेपा १३ मा रहेको छ । सूचीकरण पछिको आरटीएस सेवा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड, हात्तिसार काठमाडौंबाट हुनेछ ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



