नेप्सेमा सामान्य सुधार, ३ अर्ब ३७ करोड बढीको कारोबार

-



     सफल आवाज    
     चैत्र ३ गते २०७७ मा प्रकाशित



काठमाडौं, ३ चैत । केहि दिनदेखि आरालो लाग्दै आएको शेयर बजारको यात्रामा आज रोक लागेको छ । आज नेप्सेमा सामान्य सुधार देखिएको छ । कारोबारमा भने कमि आएको छ ।

आज नेप्से ०.११ प्रतिशतले बढेको छ । नेप्से परिसूचक २.५६ अंकले बढेर २३९१.७४ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ०.४४ अंकले बढेर ४३०.४९ विन्दुमा रोकिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज जम्मा २१६ वटा कम्पनीको शेयर कारोबार भएको छ । ९० लाख १२ हजार ८५३ कित्ता शेयर खरिदबिक्रीबाट ३ अर्ब ३७ करोड ५६ लाख ९९ हजार ३३९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ७ वटा उपसमूहमा हरियाली छाएको छ । बाँकी ६ वटामा रातो लागेको छ । अर्थात उनीहरुको शेयर घटेको छ ।

कारोबार रकमको आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडी देखिएको छ । कम्पनीको १९ करोड ३८ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यसपछि क्रमशः बढी कारोबार गर्नेमा माथिल्लो तामाकोसी, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नबिल बैंक र नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड रहेका छन् ।