नबिलले ल्यायो सुनौलो अवसर, मुद्धती निक्षेपमा ७.५१ % वार्षिक ब्याजदर

-



     सफल आवाज    
     चैत्र ३ गते २०७७ मा प्रकाशित



पोखरा, ३ चैत । नबिल बैंकले बचतकर्ताका लागि सुनौलो अवसर ल्याएको छ । बैंकले यसअघिको ६.५ ब्याजदरमा बृद्धि गरेर निक्षेपमा ब्याजदर बढाउँदै सुनौलो अवसरलाई सार्वजनिक गरेको जानकारी दिएकाे छ । बैंकले अब बचतकर्ताका लागि मुद्धती खातामा वार्षिक ७.५१ प्रतिशत ब्याज दिने भएको हो ।

पोखरा ब्रान्च म्यानेजर सूर्य रोका भन्छन्, ‘बैंकले चैतको १ गतेदेखि लागू गरेको यस नविन योजनाले हाम्रा बचतर्तालाई फाईदा पुग्ने विश्वास गरेका छौं । एक दुई बाहेक अन्य बैंकभन्दा हामीले बचतकर्ताका लागि राहत मिलाेस् भनेर नै याे योजना सार्वजनिक गरेका हौं, राेकाले सफल आवाजलाई बताए ।

बैंकले सार्वजनिक गरेको योजनामा ‘नगुमाउनुहोस् यो सुनौलो अवसर ! नबिल बैंकको मुद्धती खातामा पाउनुहोस् उच्च ब्याजदर’ ७.५१ प्रतिशत भनिएको छ । यो योजना चैतको १ गतेदेखि शुरु भई ३१ गतेसम्म ६ महिना बढी समयसम्मका लागि मुद्धती खाता खोल्ने बचतकर्ताका लागि हो ।

नबिल बैंकको सार्वजनिक भएको नयाँ मुद्धती ब्याजदरको यो योजनालाई यसपटक पनि बचतकर्ताले निकै उत्साहकासाथ लिएकाे ब्रान्च म्यानेजर रोकाले बताए । भविष्यमा पनि ग्राहकमुखि र बचतकर्ताको राहत तथा सुविधाका लागि सदैव प्रयत्नशिल हुने उनले बताए ।