
काठमाडौं, ५ चैत । ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ १३ गते शुक्रबार बाँडफाँड हुने भएको छ । सिडिएस एण्ड क्ल्यिरिङ लिमिटेडले १३ गते बाँडफाँड गर्न अनुमति दिएको हो ।
ज्योति लाइफको आईपीओले आवेदनमा रेकर्ड ब्रेक गरेको थियो । इन्स्योरेन्सको प्रबन्धक एनएमबी क्यापिटलका अनुसार इन्स्योरेन्सको आइपिओमा १८ लाख चार हजार ६४८ जनाको आवेदन परेको छ । आइपिओ खरीदका लागि तीन करोड ८० लाख ५७ हजार ७१० कित्ता बराबरको आवेदन परेको हो ।
आइपिओमा आवेदन सर्वसाधारणलाई निष्काशनमा ल्याइएको ५९ लाख ४० हजार कित्ताको ६।४० गुणा बढी परेको छ । कम्पनीले यही फागुन २१ गते देखि कुल जारी पूँजीको ३० प्रतिशत अर्थात् रु ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गरेको थियो । त्यसमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३० हजार कित्ता कर्मचारी र अर्को पाँच प्रतिशत अर्थात् तीन लाख ३० हजार कित्ता सामूहिक लागनी कोषलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणका लागि निष्काशनमा ल्याएको थियो ।
कम्पनीको अधिकृत पूँजी रु तीन अर्ब, जारी पूँजी रु दुई अर्ब २० करोड र चुक्ता पूँजी रु एक अर्ब ५४ करोड छ । सर्वसाधारणलाई आइपिओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी रु दुई अर्ब २० करोड पुग्नेछ ।
यसभन्दा अघिको रेकर्डलाई हेर्दा महिला लघुवित्त वित्तीय संस्थाको आइपीओमा १५ लाख ८० हजार लगानीकर्ताले आवेदन दिएका थिए ।
ज्योती लाइफको फागुन २१ गते ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशन तथा बिक्री खुलाईएको थियो ।
शेयर लगानीकर्ताहरुले घटीमा १० कित्तादेखि बढीमा ६६ हजार कित्तासम्मका लागि फागुन २६ गते सम्म आवेदन गर्नसक्ने समय रहेको थियो । सो अवधिमा माग बमोजिम आवेदन नपरे ढीलोमा चैत्र ६ गतेसम्म आवेदन गर्ने समय यसअघि तोकिएको थियो ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



