एनसीसी बैंकले चैत्र १३ गतेदेखि रु ३ अर्बको ऋणपत्र ल्याउँदै

-



     सफल आवाज    
     चैत्र ५ गते २०७७ मा प्रकाशित



काठमाडैं, ५ चैत । एनसीसी बैंकले चैत्र १३ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुलाउने भएको छ । बैंकले १० वर्ष अवधि तथा वार्षिक ‘९.५० प्रतिशत ब्याजदर भएको ‘‘९.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६’’ नामक ऋणपत्र निष्काशन गर्न लागेको हो ।

प्रतिकित्ता १ हजार अंकित मूल्यका ३० लाख कित्ता डिबेन्चरले हुन आउने कुल रुपैयाँ ३ अर्ब मध्ये १२ लाख कित्ता अर्थात कुल रुपैयाँ १ अर्ब २० करोड ऋणपूँजी रकम (५ प्रतिशत अर्थात ६० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको) र बाँकी ११ लाख ४० हजार कित्ता डिबेन्चर अर्थात कुल रुपैयाँ १ अर्ब १४ करोड ऋणपूँजी सर्वसाधारणका लागि सार्वजनिक निष्काशनबाट बिक्री गर्न लागेको हो । १८ लाख कित्ता डिबेन्चरले हुन आउने कुल रु १ अर्ब ८० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति, संघ संस्थाहरुलाई व्यक्तिगत तवरले बिक्री गरिने जनाईएको छ ।

लगानीकर्ताले ऋणपत्रमा घटीमा २ं५ कित्तादेखि बढीमा ३ लाख कित्तासम्मको लागि आवेदन दिन पाउने भएका छन् । ऋणपत्र चैत्र १३ गते निष्काशन हुनेछ । यसका लागि छिटोमा चैत्र १८ गते तथा ढिलोमा चैत्रको २७ गतेसम्म आवेदन दिन सकिने भएको छ ।

ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । इच्छुक लगानीकर्ताहरुले नबिल इन्भेष्टमेन्ट बैंकिङ, नेपाल क्रेडिट एण्ड कमर्स बैंक र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएका सिआस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र शाखा कार्यालयबाट आवेदन दिन सकिने भएको छ ।

बैंकले प्रकाशन गरेको आव्हान पत्र हेर्नुस् :