
काठमाडौं, ६ चैत । साताको छैंटौ दिन शुक्रबार आज सुनचाँदीको को मूल्यमा गिरावट आएको छ । छापावाला सुनमा आज प्रतितोला ५०० रुपैयाँले गिरावट भएको छ भने चाँदीमा प्रतितोला १५ रुपैयाँले गिरावट भएकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन ५०० रुपैयाँले घटेर ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार छापावाला सुन प्रतितोला ८७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८६ हजार २५० रुपैयाँमा कारोबार भएको छ । बिहिबार तेजाबी सुनको मूल्य प्रतितोला ८६ हजार ७५० रुपैयाँ कायम भएको थियो ।
आज चाँदीमा १५ रुपैयाँले गिरावट आएको छ । चाँदी आज प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भएको छ । बिहिबार चाँदी प्रतिताेला १ हजार २९० रूपैयाँमा काराेबार भएकाे थियाे ।






पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



