एनआइसी एशिया र स्वदेशी लघुवित्तले चैतको ८ गतेबाट एकिकृत कारोबार गर्ने

-



     सफल आवाज    
     चैत्र ६ गते २०७७ मा प्रकाशित



काठमाडौं, ६ चैत । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्थाले चैत ८ गतेदेखि एकिकृत कारोबार शुरु गर्ने भएका छन् । यसका लागि केन्द्रीय बैंक तथा कम्पनी रजिष्ट्रार कार्यालयले अन्तिम स्वीकृती दिइसकेका छन् ।

दुबै वित्तीय संस्थालाई मर्जरका लागि स्वीकृती प्रदान गरिसकेकोले चैतको ८ गतेबाट एकिकृत कारोबार शुरु गर्ने भएका हुन । उनीहरुको गएको माघ ४ गते सम्पन्न भएको विशेष साधारण सभाले मर्जरको प्रस्तावलाई पारित गरेको थियो ।

दुबै संस्थाको एकिकरण पछि अबको कारोबार एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको नामबाट हुने भएको छ । मर्जरका लागि सम्झौता भएपछि साउन ३२ देखि दुबै वित्तीय संस्थाको शेयर कारोबार नेप्सेमा रोक्का रहेको थियो ।