मिर्मिरे लघुवित्तको शेयर मूल्य समायोजन, चैत १८ मा साधारण सभा

-



     सफल आवाज    
     चैत्र ८ गते २०७७ मा प्रकाशित



काठमाडौं, ८ चैत । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेमा मिर्मिरे लघुवित्तको ९.१९ प्रतिशत मूल्य समायोजन भएकाे हाे ।

मूल्य समायोजन गरेपछि शेयर मूल्य १३७१ रुपैया निर्धारण गरिएको छ । यसैको आधारमा कम्पनीको शेयर काराेबार हुने भएको छ । नेप्सेले अन्तिम कारोबार मूल्य १४९७ रुपैयाँ समायोजन गरेको हो ।

यसैबीच, लाभांश पारित गर्न मिर्मिरे लघुवित्तको साधारण सभा चैतको १८ गते बोलाईएको छ । साधारण सभा प्रयोजनका लागि आज बुक क्लोज गरिएको छ । चैत को ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले साधारण सभामा भाग लिन पाउनेछन् भने उनीहरू लाभांश प्राप्तिका हकदार हुनेछन्