सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कारोबार कतिमा भयो ?

-



     सफल आवाज    
     चैत्र ९ गते २०७७ मा प्रकाशित



काठमाडौं, ९ चैत । साताको दोश्रो दिन सोमबार आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनमा प्रतितोला २०० रुपैयाँ तथा चाँदीमा २० रुपैयाँले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८७ हजारमा रुपैयाँमा कारोबार भएको छ । आईतबार छापावाला सुन प्रतितोला ८७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ८६ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । आईतबार तेजाबी सुन प्रतितोला ८६ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी २० रुपैयाँले गिरावट भई प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको छ । आईतबार चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।