
काठमाडौं, ९ चैत । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य आज समायोजन भएको छ । कम्पनीको ५० प्रतिशत हकप्रद शेयरपछिको मूल्य समायोजन भई नयाँ मूल्य कायम भएको हो ।

नेपाल स्टक एक्सचेन्जले प्रतिकित्ता २४२ रुपैयाँ शेयर मूल्य निर्धारण गरेकोमा आजदेखि कम्पनीको यही मूल्यमा शेयर कारोबार खुलेको छ । हिजो अन्तिम कारोबार मूल्य शेयर प्रतिकित्ता ३१३ रुपैयाँ रहेकोमा त्यसको आधारमा मूल्य समायोजन गरिएको हो ।
कम्पनीले आगामी फागुन २५ मा १ बराबर ०.५ को अनुपातमा ९९ करोड ८३ लाख २३ हजार २०० रुपैयाँ बराबरको ९९ लाख ८३ हजार २०० ३२ कित्ता हकप्रद शेयर निष्काशग गर्ने भएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेकाे छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



