नेप्से परिसूचक २४.०८ अंकले घट्यो, होटल र हाइड्रोपावर बाहेक सबै राताम्मै

-



     सफल आवाज    
     चैत्र ९ गते २०७७ मा प्रकाशित



काठमाडौं, ९ चैत । साताको दोश्रो दिन सोमबार आज शेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचक २४.०८ अंकले घटेर २५१४.३९ अंकमा पुगेको छ । आज नेप्सेमा ०.९५ प्रतिशतले गिरावट आउँदा सेन्सेटिभ इण्डेक्स ४.७९ अंकले घटेर ४४८.८० विन्दुमा रोकिएको छ ।

आज २११ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ९३ लाख १ हजार ३५८ कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब ३५ करोड, १३ लाख ५३ हजार ६२५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज होटल तथा पर्यटन र हाइड्रोपावर उपसमूह बाहेक बाँकी ११ वटा समूह राताम्मै भएका छन् ।

आज शेयर घटेका उपसमूहहरुमा बैंकिङ, व्यापार, विकास बैंक, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहको शेयर घटेको हो ।

आज सबैभन्दा बढी अपर तामाकोशीको कारोबार भएको छ । कम्पनीको ४६ करोड ९६ लाख ८९ हजार ८७६ रुपैया बराबरको कारोबार भएको हो ।

दोश्रोमा नेपाल बंगलादेश बैंकको ३१ करोड ४३ लाख ८९ हजार ५३९ रुपैयाँ तथा तेश्रोमा नेपाल लाइफ इन्स्योरेन्सको २६ करोड २२ लाख ३९ हजार ९७० रुपैयाँ बराबरको कारोबार भएको छ ।