सिंगटी हाइड्रोको आइपीओमा पर्याे मागभन्दा ७ गुणा बढी आवेदन

-



     सफल आवाज    
     चैत्र १० गते २०७७ मा प्रकाशित



काठमाडौं, चैत १० । सिंगटी हाइड्रो इनर्जीले निष्काशन गरेको आइपीओमा माग गरेभन्दा ७ गुणा बढी लगानीकर्ताले आवेदन पेश गरेका छन् ।

पछिल्लाे विवरणका अनुसार सिंगटि हाइड्रोको शेयरमा १२ लाख २५ हजार २६८ जनाले आवेदन पेश गरेका छन् । उनीहरुले १ करोड ९० लाख ७९ हजार ७३० कित्ता शेयरका लागि आवेदन पेश गरेका शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्सले जानकारी दिएको छ ।

कम्पनीले चैतको ६ गते प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले सर्वसाधारणका लागि २९ लाख साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । जसमा सर्वसाधारणका लागि २६ लाख ९७ हजार कित्ता रहेको थियो । ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ भने १ लाख ५४ हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याईएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्ताका लागि आवेदन गर्नसक्ने छन् । यसका लागि ढिलोमा आवेदन दिने समय चैतको २० गतेसम्म तोकिएको छ ।