
काठमाडौं, १० चैत । शेयर बजार आज उकालो लागेको छ । नेप्से परिसूचक १४.५७ अंकले बृद्धि भई २५२८.९५ विन्दुमा पुगेको छ । नेप्से ०.५८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.०९ अंकले बृद्धि भई ४४८.८९ विन्दुमा पुगेको हो ।
आज कुल २०८ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड २७ लाख ६ हजार ७१० कित्ताको शेयर खरिदबिक्रीबाट ५ अर्ब १४ करोड १८ लाख ९७ हजार १६९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज शेयर कारोबार भएका १३ वटा उपसमूहमध्ये ६ वटा उपसमूहले रातो पाएका छन् अर्थात उनीहरुको शेयर घटेको छ । बाँकी ७ वटा उपसमूहमा हरियाली छाएको छ अर्थात उनीहरुको शेयर बढेकाे छ ।
आज शेयर घटेका ६ उपसमूहमा बैंकिङ, विकास बैंक, फाइनान्स, उत्पादन, अन्य र जीवन बीमा उपसमूह रहेका छन् । यस्तै शेयर बढेका उपसमूहहरुमा व्यापार, होटल तथा पर्यटन, हाइड्रोपावर, नीर्जिवन बीमा, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र लगानी उपसमूह रहेका छन् ।
आज ८ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा माथि सर्किट लाग्ने तहसम्म बढेको छ । कारोबार रकमको आधारमा नेपला इन्फ्रास्ट्रक्चर बैंक निफ्रा सबैभन्दा अगाडी रहेको छ । बैंकको ५२ करोड ६० लाख रुपैयाँ बढीको कारोबार भएको छ । यसपछि क्रमशः अपर तामाकोशी र नेपाल बंगलादेश बैंक रहेको छ ।








पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



