किसान लघुवित्तको शेयर कारोबार रोक्का, स्पष्टिकरण दिन नेप्सेद्वारा निर्देशन

-



     सफल आवाज    
     चैत्र १० गते २०७७ मा प्रकाशित



काठमाडौं, १० चैत । किसान लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना समयमै पेश नगरेको भन्दै शेयर कारोबारमा रोक्का लगाएको जनाएको छ ।

यस्तै संस्थाले सूचना परिवर्तन नगरेको कारण देखाउँदै किसान लघुवित्तको शेयर कारोबार रोक्का गरेको बताएको छ । संस्थालाई ३ दिनभित्र समयमै किन सूचना नदिएको हो यसका बारेमा स्पष्टिकरण दिन भन्दै नेप्सेले निर्देशन दिएको हाे।

संस्थाले चैतको ८ गतेको वार्षिक साधारण सभाको सूचनामा १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको थियो । चैतको ९ गते हकप्रद शेयर जारी गर्ने विषयलाई हटाएर साधारण सभा सम्बन्धी सूचना प्रकाशन गरेको थियो । यस्तो किन गरेको र सूचना किन नदिएको हो भन्दै नेप्सले स्पष्टिकरण दिन दिर्नेशन दिएकाे हाे ।