नेपाल राष्ट्र बैंक प्रवक्तामा ढकाल

-



     सफल आवाज    
     चैत्र १० गते २०७७ मा प्रकाशित



काठमाडौं, १० चैत । नेपाल राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल नियुक्त भएका छन् ।
हाल बैंकको कार्यकारी निर्देशक (विशिष्ट श्रेणी) मा कार्यरत् ढकाललाई मंगलबार राष्ट्र बैंकको प्रवक्तामा नियुक्त गरिएको हो ।

व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका उनीसँग विभिन्न विभागमा २५ वर्ष कार्य गरेको अनुभव छ । उनी बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक समेत हुन् ।