
काठमाडौं, १० चैत । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले फागु पूर्णिमा (होली) तथा विभिन्न पर्व र जात्रा मनाउने क्रममा भीडभाड नगर्न आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराज पोखरेलले मंगलबार सूचना जारी गर्दै सो आग्रह गरेका हुन् ।
यस्तै, घरबाहिर निस्कँदा वा यात्रा गर्दा मास्क, सेनिटाइजर र सामाजिक दूरी सम्बन्धी मापदण्ड पालना गर्न तथा सार्वजनिकस्थलमा हिडडुल गर्दा मास्क नलगाउनेलाई संक्रमण रोग ऐन, २०२० बमोजिम कारबाही हुने जनाइएको छ ।
छिमेकी मुलुक भारतबाट कोभिड–१९ संक्रमण दर तीव्र वृद्धि भइरहेकोले सोको प्रभाव नेपालमा पनि चाँडै नै देखिन सक्ने सम्भावना रहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्ने गराउने व्यवस्थाका लागि सम्पूर्णमा आग्रह गरिएको छ ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



