
काठमाडौं, १२ चैत । रुरु जलविद्युत परियोजनाले चैत २० गतेबाट आइपीओ निष्काशन गर्ने बताएको छ । सर्वसाधारणका लागि जारी गर्न लागिएको उक्त शेयरको प्रिमियम २० रुपैयाँसहित प्रतिकित्ता १२० रुपैयाँ अंकित दरमा ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्काशन गर्न लागिएको हो ।
जारी गरिने कुल शेयरमध्ये ८ हजार १५४ कित्ता शेयर कर्मचारीको लागि, २० हजार ३६५ कित्ता शेयर सामुहिक लगानी कोषका लागि र बाँकी रहेको ३ लाख ७९ हजार १६७ कित्ता शेयर सर्वसाधारणका लागि रहेको छ ।
लगानीकर्ताहरुले शेयर खरिदका लागि चैतको २४ गतेसम्ममा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिमा माग गरे बमोजिमको आवेदन नपरेको खण्डमा ढीलोमा वैशाख ३ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । शेयर लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट ईजाजत पाएका सि-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप तथा मेरो शेयर सफ्टवेयरबाट आवेदन दिन सकिने भएको छ ।
कम्पनीको चुक्ता पूँजी ३२ करोड ६१ लाख ६४ हजार ४०० रुपैयाँ रहेको छ । स्थानिय बासिन्दा तथा सर्वसाधारणका लागि शेयर बिक्री गरेपछि परियोजनाको चुक्ता पूँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्ने भएको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



