बिहिबार बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

-



     सफल आवाज    
     चैत्र १२ गते २०७७ मा प्रकाशित



काठमाडौं, १२ चैत । सुनको भाउमा घटबढ र स्थिर हुने क्रम चलिरहँदा साताको पाँचौ दिन आज बहिबार भने सुनको मूल्यमा बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बृद्धि भएको छ । चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार ९०० रुपैयाँ कायम भई कारोबार भएको छ । बुधबार छापावाला सुनको मूल्य ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्य आज प्रतितोला ८६ हजार ४५० रुपैयाँ कायम भई कारोबार भएको छ । बुधबार तेजाबी सुनको मूल्य ८६ हजार २५० रुपैयाँ कायम भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा भने सामान्य १० रुपैयाँले गिरावट भएको छ । आज चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भएको थियो ।