
काठमाडौं, १४ चैत । नेपाल स्टक एक्सचेन्जमा यो साता चारवटा कम्पनीको शेयर सूचीकरण भएको छ । सनराइज बैंक, नेपाल इन्स्योरेन्स कम्पनी, बुटवल पावर कम्पनी तथा वोमी लघुवित्त वित्तीय संस्थाको शेयर सूचीकृत भएको हो । उनीहरु सबैको १ करोढ १४ लाख कित्ता शेयर सूचीकृत भएको छ ।
सनराइज बैंक : सनराइज बैंकको ५२ लाख १ हजार ३३०.६३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । बैैंकको गएको आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुको लागि ५.८० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । सोहि बोनु शेयर नेप्सेमा सूचीकृत भएको हो ।
बैंकको सूचीकृत भएको शेयर शेयरधनीहरुको डिम्याट खातामा आएपछि दोश्रो बजारमा खरिदबिक्री गर्न सकिने भएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स : नेपाल लाइफ इन्स्योरेन्सको ३० लाख ८२ हजार ६२६.५३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको गत आर्थिक वर्षको मुनाफाबाट ३० करोड ८२ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गरेको थियो । साथै कर प्रयोजनका लागि १ करोड ६२ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गरेको थियो । तिरित सोहि बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
बुटवल पावर कम्पनी : यो साता बुटवल पावर कम्पनीको शेयर पनि नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको २६ लाख ७४ हजार ७८७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
वोमी लघुवित्त वित्तीय संस्था : वोमी लघुवित्त वित्तीय संस्थाको शेयर पनि यो साता नेप्सेमा सूचीकृत भएको छ । वोमीको ग्रामिण स्वयंसेवक लघुवित्त वित्तीय संस्थासंग मर्जर पछि वोमीको नामबाट ५ लाख ७ हजार ४२० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।






काठमाडौं, ११ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेड अन्तर्राष्ट्रिय भुक्तानी सेवा संस्था भिसा इन्टरनेशनलको दुई…
पाँचथर, ११ मङ्सिर। हिउँद लागे पनि निर्माणाधीन तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हेंवाखोलामा डाइभर्सन निर्माणको प्रयास…
काठमाडौं, ११ मङ्सिर । लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज (मंसिर ११…
काठमाडौं, ११ मङ्सिर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्किएको… 



