सबैको लघुवित्तको ११.०५ प्रतिशत लाभांश पारित

-



     सफल आवाज    
     चैत्र १४ गते २०७७ मा प्रकाशित



काठमाडौं, १४ चैत । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा सनिवार तनहुँमा सम्पन्न भएको छ ।

साधारणसभाले २०७७ असार मसान्तको चुक्ता पूँजी १८ करोड ६४ लाख ५० हजारको ०.५५ प्रतिशतले हुन आउने १० लाख ३० हजार नगद लाभांश (बोनश शेयरमा लाग्ने कर वापतको रकम) तथा १०.५ प्रतिसत बोनस शेयर प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

यस्तै, संस्थाको अधिकृत पूँजी २० करोडबाट वृद्धि गरी ५० करोड र जारी तथा चुक्ता पूँजी. २० करोड ६० लाख २७ हजार २५० पु¥याउने, संस्थाको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, वित्तीय संस्थाको प्रवन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन संशोधन तथा सच्याउनको लागि संचालक समिति वा समितिले तोकेको ब्यक्तिलाई पूर्ण अख्तियारी दिने निर्णय गरेको छ ।

साथै, संस्थाको केन्द्रीय कार्यालय स्थानान्तरण गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लघुवित्त वित्तीय संस्थाहरु आपसमा मर्जर वा एक्विजिशन गर्ने, शाखा खरिद गर्न आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालन समिति वा समितिले तोकको ब्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने आदि प्रस्तावहरु सर्वसम्मतिबाट पारित गरेको थियो ।

संस्थाका सञ्चालक समिति अध्यक्ष सृजना जोशीले आव २०७६।७७ को वार्षिक प्रतिवेदन पेस गरेकी थिइन् । सभाले उक्त प्रस्ताव पारित पनि गरेको थियो।

संस्थाका प्रमुख कार्यकारी अधिकृत केशवकुमार पौडेलले सभामा शेयरधनीहरुले उठाएका जिज्ञासाको जवाफ दिएका थिए ।

कार्यक्रमको सञ्चालन संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव केशवकुमार पौडेलले गरेका थिए । स्वागत नायब महाप्रवन्धक पवनकुमार श्रेष्ठ र धन्यवाद ज्ञापन सञ्चालक श्यामप्रसाद श्रेष्ठले गरेका थिए ।