
काठमाडौं, १५ चैत । सिटिजन्स बैंक इन्टरनेसनल र तिनाउ मिसन डेभलपमेन्ट बैंकको एकिकृत कारोबार शुरु भएको छ ।
बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसनले राष्ट्र बैंक तथा कम्पनी रजिष्ट्रारको कार्यालयबाट अनुमति प्राप्त गरेपछि शनिबार विशेष कार्यक्रम आयोजना गरेर एकिकृत कारोबार शुरु भएको जानकारी दिईएको हो । प्राप्ति भएपछि एकिकृत कारोबार सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नामबाट आरम्भ भएको हो ।
दुबै बैंकका संचालक, व्यवस्थापन तथा कर्मचारीहरु सहभागि भएको विशेष समारोहमा सिटिजन्स इन्टरनेसनल लिमिटेडका संचालक समितिका अध्यक्ष राजनसिंह भण्डारीले एकिकृत कारोबार शुरु गरेका हुन । तिनाउ मिसनको प्राप्तिपछि सिटिजन्स बैंकको निक्षेप १२७ अर्ब पुग्नेछ । ऋण लगानी ११३ अर्ब रुपैयाँ पुग्ने भएको छ ।
तिनाउ मिसन डेभलपमेन्टको प्राप्तिपछि बैंकका शाखाहरु १६६ पुग्नेछन् । सिटिजन्स बैंकको चुक्ता पूँजी प्राप्ति पछि ११ अर्ब ६६ करोड रुपैयाँ पुग्ने भएको छ । यसअघि बैंंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रहेको थियो ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



