
काठमाडौं, १५ चैत । नेपाल दूरसंचार कम्पनी लिमिटेडले भाेली सोमबारदेखि शेयरधनीहरुको हितग्राही खातामा नगद लाभांश जम्मा तथा भुक्तानीको व्यवस्था मिलाईएको जनाएको छ ।
नेपाल टेलिकमको चैत १३ गते सम्पन्न भएको १३ औं वार्षिक साधारण सभाबाट कम्पनीका शेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट प्रति शेयर ४० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरिएको थियो ।
साधारण सभाबाट पारित भएको सोहि लाभांश कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटल, नागपोखरी काठमाडौंबाट शेयरधनीहरुको हितग्राही खातामा जम्मा तथा भुक्तानीको व्यवस्था गरिएको हो ।
साधारण सभा प्रयोजनका लागि शेयर दाखिला बन्द हुने मितिसम्म कायम भएका शेयरधनीहरुको अद्यावधिक भएका खातामा नगद लाभांशको रकम जम्मा गरिने भएको हो ।
अहिलेसम्म अभौतिकीकरण (डिम्याट) नगरेका वा हितग्राही खाता खोलेर कम्पनीको शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुले हितग्राही खाता खोलेर आफ्नो शेयर अभौतिकीकरण गराएर बैंक खाताको विवरण अद्यावधिक गरेपछि खातामा लाभांश रकम जम्मा हुने बताईएकाे छ ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



