मंगलबार घट्यो सुनचाँदीको मूल्य, कतिमा भयो कारोबार ?

-



     सफल आवाज    
     चैत्र १७ गते २०७७ मा प्रकाशित



काठमाडौं, १७ चैत । साताको तेश्रो दिन मंगलबार आज सुनचाँदीको मूल्यमा गिरावट देखिएको छ । छापावाला सुन आज रुपैयाँ ५०० ले घटेको छ । चाँदीमा १० रुपैयाँको गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छपावाला सुन रुपैयाँ ५०० ले घटेर प्रतितोला ८६ हजार रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार छापावाला सुन प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन ८५ हजार ५५० रुपैयामा कारोबार भएको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ८६ हजार ५० रुपैयाँ कायम भई कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा १० रुपैयाँले गिरावट भएको छ । आज चाँदी प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।