अजोड इन्स्योरेन्सकाे साधारण सभा वैशाख ७ मा हुने, के के छन् एजेण्डा ?

-



     सफल आवाज    
     चैत्र १७ गते २०७७ मा प्रकाशित



काठमाडौं, १७ चैत । अजोड इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद शेयर वितरणको प्रस्ताव पारित गर्न वैशाख ७ गते तेश्रो वार्षिक साधारण सभा आव्हान गरेको छ । संचालक समितिको ८७ औं बैठकले तेश्रो वार्षिक साधार सभा वैशाख ७ गते त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरको डिसीसी अमन सभाहलमा बोलाएको छ ।

सभामा हाल कायम रहेको कम्पनीको चुक्ता पूँजीको ५० प्रतिशत अर्थात प्रत्येक २ कित्ता शेयर बराबर १ कित्ताको दरले हकप्रद शेयर जारी गर्ने संचालक समितिले प्रस्ताव गरेको प्रस्तावलाई पारित गरिने भएको छ ।

सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली शंसोधनको प्रस्ताव पारित गर्ने र नियामक निकायबाट परिमार्जनको सुझाव वा निर्देशन भएको खण्डमा सम्पूर्ण कामको अख्तियारी संचालक समितिलाई प्रदान गर्ने लगायतका एजेण्डा रहेका छन् । यस्तै सर्वसाधारण शेयरधनीहरुको तर्फबाट दुईजना संचालक चयन गर्ने प्रस्तावलाई सभाबाट अनमोदन गरिने भएको छ ।

साधारण सभाको प्रयोजनार्थ कम्पनीको चैत २४ देखि वैशाख ७ गतेसम्म बुक क्लोज हुने भएको छ । चैतको २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले मात्रै साधारण सभामा भाग लिन पाउनेछन् ।

सभाले वार्षिक प्रतिवेदन, लखोपरिक्षकको प्रतिवेदन, लेखापरिक्षको नियुक्ती र पारिश्रमिक तोक्ने लगायतका विषयमा छलफल गरेर पारित गर्ने भएकाे छ । साधारणा सभा वैशाख ७ गते पूर्वान्ह ११ वजे शुरु हुनेछ ।