
काठमाडाैं, १८ चैत । नेपाल स्टक एक्सचेन्जले एनआइसी एशिया लघुवित्तको शेयर कारोबार फुकुवा तथा शेयर सूचीकृत भएको जनाएको छ । स्वदेशी लघुवित्त र एनआईसी एशिया लघुवित्तको मर्जरपछि एनआइसी लघुवित्तको शेयर नेप्सेले फुकुवा गरेको हो ।
शेयर फुकुवा भईसकेकोले अब स्वदेशी लघुवित्तको शेयर कारोबार पनि एनआइसी एशिया लघुवित्तको नामबाट कारोबार हुने गरेर नेप्सेमा सूचीकृत भइसकेको छ । शेयरको सूचीकरणसंगै बुधबारबाट लघुवित्तको शेयर कारोबार दोश्रो बजारमा शुरु हुने भएको हाे ।
नेप्सेले लघुवित्तको शेयर कारोबारको लागि ७६५.१२ रुपैयाँको कारोबार गर्ने रेञ्ज दिएको छ । यसैको आधारमा एनआइसी एशिया लघुवित्तको शेयर कारोबार हुने भएको छ ।
मंगलबार नेप्सेले एनआइसी एशिया लघुवित्त वित्तीय संस्था इटहरी, सुनसरीलाई ११४३ नं को दर्ता चलानी भएको साविकको स्वदेशी लघुवित्त वित्तीय संस्था र एनआइसी एशिया लघुवित्त वित्तीय संस्थालाइ पत्र लेखेकाे हाे ।
एकापसमा गाभ्ने, गाभिने कार्य गर्दा १ः०९४ को अनुपातमा यसरी कायम हुन आएको प्रतिशेयर अंकित रु १०० को दरले शेयर क्रम संख्या १,४८,००,००१ देखि १,७३,९४,४०० सम्मको कुल २५ लाख ९४ हजार ४०० कित्ता साधारण शेयर धितोपत्र सूचीकरण विनियमावी, २०७५ बमोजिम स्टक एक्सचेन्जमा कारोबार हुन सक्ने गरी सूचीकरण र मर्जर प्रयोजनका लागि रोक्का राखिएको थियो ।
सो शेयर दोश्रो बजार कारोबारका लागि फुकुवा गरिएको नेप्सेका सूचीकरण शाखाका वरिष्ठ अधिकृत कुलचन्द्र रिजालले जानकारी दिएका छन् । थप सूचीकृत भएको २५ लाख ९४ हजार ४०० कित्ता साधारण शेयर र यसभन्दा अगाडी १ करोड ४८ लाख कित्ता शेयर गरी कुल सूचीकृत १ करोड ७३ लाख ९४ हजार ४०० कित्ता भएको छ ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



