१० अर्ब पूँजीको एनआरएनएको नयाँ कम्पनी दर्ता, आइपीओ निष्काशनको तयारी हुँदै

-



     सफल आवाज    
     चैत्र १९ गते २०७७ मा प्रकाशित



काठमाडौं, १९ चैत । गैरआवासीय नेपाली संघ (एनआरएन)ले एनआरएन नेपाल डेभलपमेन्ट फण्ड नाममा पव्लिक कम्पनी दर्ता गरेको छ ।

एनआरएनले नेपालमा लगानीका लागि ठूलो धनरासी भित्राउने तयारीसाथ कम्पनी रजिष्ट्रारको कार्यालयमा एनआरएन नेपाल डेभलपमेन्ट फण्ड नामक पव्लिक कम्पनी दर्ता गरेको हो ।

एनआरएनले कम्पनी दर्ता भईसकेपछि अब नेपालमा १० अर्ब बढीको लगानी भित्राउने तयारी गरिरहेको छ । एनआरएनका अनुसार तत्कालका लागि २ अर्बभन्दा बढी लगानीको प्रतिवद्धता पनि आईसकेको छ ।

कम्पनीमा नेपाल सरकारको ५ प्रतिशत लगानी रहने भएको छ भने नेपाल सरकार यसको प्रवर्धक रहेको छ । कम्पनीले कोषमा जम्मा भएको रकम नेपालको उद्योग, व्यवसाय तथा पूर्वाधार विकासको क्षेत्रमा लगानी गर्ने बताएको छ ।

कम्पनीले गैरआवासिय नेपाललीलाई लक्षित गरेर छिट्टै आइपीओ निष्काशन गर्ने बताएको छ । कोषको ८५ प्रतिशत लगानी गैरआवासीय नेपालीको रहने भएको छ ।