
पोखरा, १९ चैत । नेकपा एमाले कास्कीमा शुक्रबार समानान्तर कमिटी गठन गरिएको छ । कमिटी अध्यक्षमा धनराज आचार्य चयन भएका छन् ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र सुरेन्द्र पाण्डेको उपस्थितिमा पोखरामा आयोजित कार्यकर्ता भेलामा आचार्यको अध्यक्षतामा ७५ सदस्यीय कमिटी गठन गरिएको हो । कमिटी सचिवमा होम नेपाली छन् । छिट्टै अर्को भेला गरेर पूर्ण कमिटीलाई औपचारिकता दिइने जनाइएको छ ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि कास्कीमा समानान्तर गठन गर्न नेता नेपाल पोखरा आएका हुन् ।
कार्यकर्ता भेलामा बोल्दै नेता नेपालले ओलीले कम्युनिष्ट पार्टी ध्वस्त गर्न खोजेको आरोप लगाए । यस्तै उनले ओलीले विधि र पद्दतिमार्फत पार्टी संचालन नगरी कम्पनीको रुपमा चलाएको आरोप लगाए । ‘पार्टीमा यो जुँगाको लडाइँ होइन, पार्टी र पद्दतिको लडाइँ हो,’ उनले भने ।
कास्कीको भरतपोखरी निवासी आचार्य नेकपा एमाले उद्योग वाणिज्य क्षेत्रका निवर्तमान केन्द्रीय अध्यक्ष हुन् । उनी पार्टीको केन्द्रीय विभागकाे सदस्य, जिल्ला कमिटीका पूर्व सचिवालय सदस्य तथा पृथ्वीनारायण क्याम्पस पोखरा स्ववियूका पूर्व अध्यक्ष समेत हुन् ।
कास्की क्षेत्र २ बाट स्व. रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईले प्रतिनिधिसभाको चुनाव लड्दा उनी आर्थिक विभाग प्रमुख थिए ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



