प्रभु क्यापिटलले दियो एमबिए र एमबिएम अध्ययनरत विद्यार्थीलाई शेयर बजार तालिम

-



     सफल आवाज    
     चैत्र १९ गते २०७७ मा प्रकाशित



काठमाडौं १९ चैत । प्रभु क्यापिटल लिमिटेडले त्रिभुवन विश्वविद्यालय अन्तरगत सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्टमा एमबिए तथा एमबिएममा अध्ययनरत विद्यार्थीहरुलाइ शेयरबजार सम्बन्धी ३ दिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम प्रदान गरेको छ । तालिम चैत्र १७ गतेदेखी चैत्र १९ गतेसम्म ३ दिन चलेको थियो ।

सो वर्कसप तथा तालिम कार्यक्रममा त्रिभुवन विश्वविद्यालय सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्ट अन्तरगत एमबिए तथा एमबिएममा अध्ययनरत करिब ६० जना विद्यार्थीहरुको सहभागिता रहेको प्रभु क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक दिनेश थकालीले सफल आवाजलाई बताए ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत शेयर सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले विभिन्न संस्थाहरुसँगको सहकार्यमा शेयरबजार सँग सम्बन्धित वर्कसप तथा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । सो वर्कसप तथा तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झा र रिसर्च हेड अविरल नेपालले गरेका थिए ।