सुन तोलामा एकै दिन ९ सयले बढ्यो

-



     सफल आवाज    
     चैत्र १९ गते २०७७ मा प्रकाशित



काठमाडौं, १९ चैत । सुनको मूल्य एकै दिनमा ९ सय रुपैयाँले बढेको छ । निरन्तर दुई दिन घटेको सुनको मूल्य बिहीबार उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला ८६ हजार ५ सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि २ दिनको कारोबारमा सुन तोलामा ९ सय रुपैयाँले गिरावट भएको थियो । बुधबार प्रतितोला ८५ हजार ६ सय रुपैयाँ तोकिएको थियो ।

यस्तै, चाँदीको भाउ पनि वृद्धि भएको छ । बिहीबार चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय १० रुपैयाँमा खरिदबिक्री हुँदैछ । बुधबार महासंघले चाँदीको भाउ प्रतितोला १ हजार १ सय ९५ रूपैयाँ तोकेको थियो ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउमा बढोत्तरी आएको जनाइएको छ ।