सुनचाँदीको मूल्य आज पनि बढ्यो, कारोबार कतिमा भयो ?

-



     सफल आवाज    
     चैत्र २० गते २०७७ मा प्रकाशित



काठमाडौं, २० चैत । साताकाे छैंटाै दिन शुक्रबार सुनचाँदीको भाउ बढेको छ । सुनमा आज ९०० रुपैयाँ तथा चाँदीमा ३० रुपैयाँले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९०० रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाले बृद्धि भएको हो । आज छापावाला सुन प्रतितोला ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार छापावाला सुन प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ८६ हजार ९५० रुपैयाँमा कारोबार भएको छ । बिहिबार तेजाबी सुन प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्यमा ३० रुपैयाँले बृद्धि भएर प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भएको छ । बिहिबार चाँदी प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको थियो ।