
पोखरा, २० चैत । अतिथि रिसोर्ट एण्ड स्पा शुक्रबार स्थापनाको आठौं वर्षमा प्रवेश गरेको छ । पोखरा–६, लेकसाइडस्थित शान्तिपाटनमा संचालित सो रिसोर्ट नेपाली र विदेशी पर्यटकको रोजाइको होटलमा पर्दछ ।
पोखराका स्थापित व्यवसायी मोतिराम पौडेल, लक्ष्मण पौडेल, भरत पौडेल र शत्रुधन पौडेल गरी ४ भाइको संयुक्त लगानी रहेको रिसोर्टले साँच्चिकै अतिथि देवो भवः को नारालाई टपक्क टिपेको छ।

स्थापनादेखि नै हरेक वर्ष लगातार ट्रिप एड्भाइजरमा पर्दै आएको यो रिसोर्टले अतिथिका लागि गुणस्तरीय खानाका परिकार तथा आरामदायी बसाईको सेवा प्रदान गर्दै आएको रिसोर्ट सञ्चालक तथा अध्यक्ष मोतिराम पौडेलले सफल आवाजलाई जानकारी दिए ।
साे रिसोर्टमा डिलक्स, लक्जरी र स्वीट गरी ५० रुम रहेका छन् । अतिथिको सन्तुष्टि नै आफ्नो सन्तुष्टि भएको रिसोर्टका प्रबन्ध निर्देशक भरत पौडेलको भनाइ छ ।









पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



