नेप्से २५.७१ अंकले बढ्यो, ८ अर्ब ७७ करोड बढीको कारोबार

-



     सफल आवाज    
     चैत्र २२ गते २०७७ मा प्रकाशित



काठमाडौं, २२ चैत । शेयर बजारमा आज दोहोरो अंकको बृद्धि भएको छ । कारोबार सन्तोषजनक रहेको छ । नेप्से २५.७१ अंकले बृद्धि भएर २६५७.६१ विन्दुमा पुगेको छ । नेप्से आज ०.९८ प्रतिशतले बढेको हो । सेन्सेटिभ इन्डेक्स ४.३३ अंकले बृद्धि भएर ४७०.७५ विन्दुमा पुगेको छ ।

आज २१२ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ७३ लाख ७ हजार ३२८ कित्ता शेयरको खरिदबिक्री हुँदा ८ अर्ब ७७ करोड ७४ लाख ३० हजार ६९० रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका १३ उपसमूहमध्ये ८ वटामा हरियाली छाएको छ भने ५ वटामा रातो लागेको छ । आज बैंकिङ, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, अन्य, माइक्रोफाइनान्स र जीवन बीमाको शेयर बढेको छ । यस्तै व्यापार, होटल तथा पर्यटन, उत्पादन, म्युचुअल फण्ड र लगानी उपसमूहको शेयर घटेको छ ।